Logo

मनोरञ्जन

निर्मल पुर्जाबारे बनेको डकुमेन्ट्री नेटफ्लिक्समा



काठमाडौं । पर्वत आरोही निर्मल पुर्जामाथि बनेको डकुमेन्ट्री ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नोभेम्बर २९ मा नेटफ्लिक्समा प्रदर्शन हुने भएको छ ।

३१ भाषामा यो डकुमेन्ट्री प्रदर्शनमा आउने जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा निर्मलले खुसी साटेका थिए ।  ‘२ वर्षअघि सिसापांग्माको चुचुरोमा उभिँदा हाम्रो मिसन पूरा भएको थियो । १४ डेथ जोनको चुचुरो मैले ६ महिना ६ दिनमा उक्लेको थिएँ,’ उनले लेखेका छन्,’ त्यो अद्भुत अनुभव थियो । ती सबैका लागि त्यो विजयको दिन थियो जसले माथि उक्लने र त्यो भन्दा माथि जाने सपना देखे ।’

उनी आफ्नो डकुमेन्ट्रीले ठूला हिमालहरुप्रति मानिसको झुकाव बढोस् भन्नेमा आसावादी छन् । ‘यदि कुनै कुरा तपाईं चाहनुहुन्छ भने त्यो तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । तपाईं को हुनुहुन्छ र कहाँबाट हुनुहुन्छ भन्ने कुराले खासै अर्थ राख्दैन,’ भन्ने हौसला पनि दर्शकले डकुमेन्ट्रीमार्फत पाउन् भन्ने उनको चाहना रहेछ, ‘कडा परिश्रम, लगाव, संकल्प, अनुभव र मानवताले तपाईंलाई त्यहाँ पुर्‍याउनेछ । ‘यो मेरो सुरुवात हो । धेरै गर्न बाँकी छन्,’ उनले थपेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ०९ बजे