Logo

मुख्य समाचार

नेपाल प्रहरीका ४ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ६ : ४१ बजे