Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन : भक्तपुर क्षेत्र नं १ मा खड्का र अवाल विजयी



भक्तपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरमा चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनको नतिजा सार्वजनिक भएको छ । 

भक्तपुर क्षेत्र नं १ -क मा सभापतिमा जयन्द्र खड्का विजयी भएका छन् । सभापतिका उम्मेदवार जनक खत्री र मधुराम ढुंगाना पराजित भएका छन् । यस्तै क्षेत्र १ -ख मा सभापतिमा शिवप्रसाद अवाल विजयी भएका छन् । पवालसँग पवन भुजु पराजित भएका छन् । 

यसैगरी भक्तपुर क्षेत्र नं २ -क मा सभापतिमा प्रदीप कार्की विजयी भएका छन् । कार्कीले राजु खड्कालाई पराजित गरेका हुन् । क्षेत्र नं २ -ख मा सभापतिमा ओमप्रकाश श्रेष्ठले किरण थापालाई पराजित गरेका छन् ।

यसअघि चाँगुनारायण नगरपालिकामा शिवहरि केसी नगर सभापतिमा विजयी भएका थिए भने भक्तपुर नगरपालिकामा राजेन्द्र तमखू नगर सभापतिमा विजयी भएका थिए ।  

त्यस्तै क्षेत्र नं २ -क को सूर्यविनायक नगरपालिकामा निशान ढुंगेल नगर सभापति निर्वाचित भएका थिए । क्षेत्र नं २ -ख मा हरिदास प्रजापति नगर सभापति विजयी भएका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ५८ बजे