सुनसरी । सुनसरी जिल्लाको देवान्जगन्ज गाउँपालिकामा सशस्त्र प्रहरी नायब उपरीक्षक सुबास केसीको कमान्डमा खटिएको टोलीले रु. ४५,००० बराबरको सिल-प्याक विभिन्न प्रकारको मदिरा अवैध रूपमा भारत लैजाँदै गरेको फेला पारेको छ।
सुनसरी जिल्लाको कप्तानगन्ज बोर्डरबाट ४ ओटा साइकलमा मदिरा लादेर लैजाँदै गर्दा प्रहरीले मदिरा बरामद गरेको हो।
मानिसहरू भने घटनास्थलबाट फरार भएका छन् । बरामद गरिएको साइकल र मदिरा राजस्व कार्यालय इटहरी, सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीको कार्यालय सुनसरी सञ्चार शाखाका प्रहरी हवल्दार हरि उप्रेतीले जानकारी दिनुभएको छ ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया