काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाबिच भर्खरै टेलिफोन संवाद भएको छ ।
भाेलि(मंगलबार) १ जेठमा संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा केन्द्रित रहेर दुइ नेतावीच सम्वाद भएको थाहा भएको छ ।
प्रमुख प्रतिपक्षी दलले सहकारी बचत अपचलनको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै संसदको वैठक अवरुध्द गर्दै आएको छ । सरकारले समिति गठन गर्ने कुनै तयारी नगरेकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा पनि नेपाली कांग्रेस उपस्थित नहुने भनी आजै बिहान संसदीय दलको बैठकबाट निर्णय भएको थियो ।
यही बिषयमा प्रमुख प्रतिपक्षी नेता देउवासँग सभामुखले छलफल गरेको संसद सचिवालयबाट थाहा भएको छ । सभापति देउवाले छानविन समिति गठनको मागबाट आफ्नो पार्टी पछि नहट्ने पूर्वअडान नै सभामुखलाई सुनाएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया