Logo

मुख्य समाचार

नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६-२० मा



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार तेस्रो साता हुने भएको छ ।

पार्टीको शनिबार र आइतबार बसेको १७ औं स्थायी कमिटीको बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसमम्म गर्ने निणर्य गरेको प्रवक्ता जगननाथ खतिवडाले बताए ।

उनले भने,‘पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म सम्पन्न हुन गइरहेको छ । महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुने छ । राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, पार्टीको आगामी कार्यदिशालाई अभिव्यक्त गर्ने समाजवादी कार्यक्रम र विधान । यी चार वटा विषयमा बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।’

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : १९ बजे