Logo

अर्थ

आज अमेरिकी डलर स्थिर, पाउण्ड र युरोको भाउ बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर र कतारी रियाल स्थिर हुँदा पाउण्ड र युरोको मूल्य भने बढेर आएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भैरहेको छ ।

त्यस्तै, आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड समेत बढेर खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ । शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : ०० बजे