Logo

मुख्य समाचार

वामपन्थी एकता भ्रम मात्रै हो, कांग्रेसलाई भोट हाल्नेहरूसँग मिल्दैनौँ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेर कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गरेर पार्टी नहुने बताएका छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने बताए।

अहिले पनि राष्ट्रिय शक्तिहरू मिलेर सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्नुको विकल्प नभएको बताए।

उनले भने, ‘आज वामपन्थीको नाममा एकता भन्ने कुरा होइन । वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । वामपन्थी शक्ति भन्ने भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम पाल्नुहुँदैन । एकता परेका बखत गर्छौँ पनि तर छानेर, पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौ। आन्दोलनको हितमा हामी लचिला सबै हुन्छौँ ।’

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : २० बजे