Logo

मुख्य समाचार

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत विषयमा दफावार छलफल गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा ऐन संसोधनका क्रममा छ मन्त्रीलाई बोलाएर मन्त्रालयसँग सम्बन्धीत विषयमा छलफल गरेको हो ।

बैठकमा कानुन, न्याय र संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको सहभागी रहेको थियो भने सांसदहरुले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव र कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साहकोउपस्थीति माग गर्दै विरोध समेत जनाएका थिए ।

बैठकमा सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउनसिल सम्बन्धी ऐन संसदमा दर्ता गर्ने तयारीमा रहेको जानकारी दिईन् ।

उनले भनिन्,‘मिडिया काउनसिल सम्बन्धी ऐन संसदमा दर्ता गर्ने तयारीमा छौ. । मन्त्रीपरिषद्को विधेयक समितिबाट पनि पारित भएको छ । विधेयक समितिको संयोजक गृह मन्त्री हुनुन्छ । अब आउने मन्त्रीपरिषद्को बैठकमा त्यसलाई लगेर संसदमा दर्ता गर्ने प्रक्रियामा छौं

 ।’

उनले मिडिया काउनसिललाई समेटिसकेपछि प्रेस काउनसिलमा संसोधन आवश्यक हुन्छ कि हुन्न भन्ने विषयमा समितिमा छलफलका लागि प्रस्ताव राखिन् ।

समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने बताइन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ५२ बजे