Logo

मुख्य समाचार

महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण छ : पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाहरु न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छन् ।

शुक्रबारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताइन् ।

उनले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । उनले सम्मेलन नेपालमा महिला न्यायाधीशहरुको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।

आजबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : ५१ बजे