Logo

मुख्य समाचार

आगामी बजेटमा कृषिसँगै पर्यटन र उर्जालाई महत्व दिनुपर्छ : सांसद आलेमगर


२७ फाल्गुन २०८०, आइतबार  

69
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य सरेश कुमार आलेमगरले नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने  बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष (२०८१÷०८२) को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै माओवादीका सांसद आले मगरले सत्ता सहकार्य चुनौतिपुर्ण भएपनि संकटहरु चिर्दै सरकार अगाडि बढ्ने जिकिर गे ।

उनले भने, ‘सत्ता समिकरण फेरिपछि नयाँ साथिहरुसँग हाम्रो यात्रा तय भएको छ । उहाँहरुसँगै सहकार्यका साथ अगाडि बढ्नेछौं । यो यात्रा चुनौतिपुर्ण छ । तर, हामीलाई विश्वास छ विभिन्न संकटहरुलाई चिर्दै अगाडी बढ्नेछौं ।’

त्यस्तै, आलेमगरले प्रिबजेटमाथि आफ्ना धारणा राख्दै प्रस्ताविक बजेटमा कृषि र उर्जालाई समेट्नु पर्ने तथा उर्जा क्षेत्रको विकालाई पनि सँगसँगै प्राथमिकता साथ लानुपर्नेमा जोड दिए ।

‘ विधेयकमा राखिएका प्राथमिकता ठिकै भएपनि कृषि र उर्जालाई प्राथमिकता दिनुपर्दछ । कृषिलाई प्राथमिकता दिँदा एक नम्बरमा राखेपनि कृषिले मुलुकमा समृद्धि ल्याउन सक्दैन ।  कृषिका आधारमा कुनैपनि देश समृद्ध भएको मैले देखेको छैन । उर्जा र पर्यटनलाई सँगसँगै महत्व दिइनुपर्छ,’आलेमगरले भने ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १ : ५४ बजे