Logo

मुख्य समाचार

‘समाजवादको आधार तयार पार्न सरकार क्रियाशील’


१९ फाल्गुन २०८०, शनिबार  

92
Shares

दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् ।

शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्न सरकार क्रियाशील रहेको बताएका हुन् ।

उनले भने, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु । प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ । यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ । त्यसले देशमा नयाँ वातावरण बनाउनेछ ।’

यसअघि आजै प्रधानमन्त्री दाहाल बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा पुगेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : २९ बजे