Logo

मुख्य समाचार

गठबन्धनमा खटपट आएको छैन: मन्त्री शर्मा


१८ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेकपा (माओवादी केन्द्र) का कारण गठबन्धन तलमाथि नहुने बताएकी छन्।

संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग शुक्रबार कुराकानी गर्दै उनले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताइन्।

माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

माओवादी राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै उनले अध्यक्षमा दाबी गर्नु स्वाभाविक भएको पनि बताइन्।

उनले माओवादीका कारण गठबन्धन तलमाथि नहुने पनि बताइन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : ३७ बजे