Logo

मुख्य समाचार

संसदमा एमाले फेरि माग्यो मन्त्रीको राजीनामा : ‘बालकुमारी घटनाको छानबिन प्रतिवेदन सदनमा प्रस्तुत गरियोस्’


११ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत पुस ११ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनामा गरिएको छानबिन प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरेको छ ।

शुक्रवार प्रतिनिधिसभा बैठकको सुरुमा सभामुखको ध्यानाकर्षण गराउँदै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा सरकारको प्रत्यक्ष संलग्न रहेको बताउँदै बालकुमारी घटनाको छानबिन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरे ।

उनले सो घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए । यस्तै टेरामेक्स काण्डमा संलग्न रहेको भनेर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले बयान लिएको बताउँदै उनले मुद्दा प्रभावित पार्न सक्ने भन्दै उनलाई पनि सरकारबाट हटाउन माग गरे ।

यस्तै गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनी पनि सरकारमा बस्न नहुने एमालेको माग छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ४२ बजे