Logo

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग-२ : नामिबिया र नेदरल्याण्ड खेल्दै


११ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुँदै छ । त्रिभुवन विश्वविधालय, किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुँदै छ । लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ ।

नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो । नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एक दिवसीय खेल भएका छन् । जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : २३ बजे