Logo

मुख्य समाचार

शहिद वान्तवाको नाममा स्थापित बहुप्राविधि शिक्षालय उद्घाटन


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

विराटनगर । शहिद रत्नकुमार वान्तवाको नाममा इलाम नगरपालिका–१, साँखेजुङमा स्थापित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको आज बिहीबार उद्घाटन गरिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै जन्म गाउँमा स्थापित उक्त शिक्षालय उद्घाटन गरेका हुन् । खनालले शिक्षालयका लागि ५६ रोपनी जग्गा प्रदान गरेका थिए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को आंगिक संस्थाका रूपमा २०७४ सालमा सालमा यो शिक्षालय स्थापना भएको हो । औपचारिक उद्घाटनचाहिँ आज गरिएको हो ।

शिक्षालयले स्थापनाको वर्ष डिप्लोमातर्फको तीन वर्षे पशुविज्ञान कार्यक्रम सञ्चालन गरेको थियो । २०७५ र २०७६ सालमा बाली विज्ञान र वन विज्ञान थप गरिएका थिए ।

२०७७ सालमा सिभिल इन्जिनियरिङ र फार्मेसी सञ्चालन गर्नुका साथै विशेष फार्मेसी कार्यक्रम थप गरी यो वर्षदेखि प्रिडिप्लोमा तर्फको चिया प्रविधि पनि थपिएको शिक्षालय प्रमुख दीपक खनालले बताए ।

शिक्षालयमा डिप्लोमातर्फ फार्मेसीमा डेढ सय, कृषितर्फ पशुविज्ञान र बालीविज्ञानमा डेढ सय, सिभिल इन्जिनियरिङमा एक सय ४५, फरेस्टमा ७०, प्रि–डिप्लोमा चियातर्फ ४० विद्यार्थी छन् ।

उक्त शिक्षालयबाट हालसम्म करिब सयजना विद्यार्थी ग्राजुएट भएको जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ४ : ४२ बजे