Logo

मुख्य समाचार

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा


१० फाल्गुन २०८०, बिहिबार  

46
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा पुगेका छन् । हिजोदेखि त्यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति त्यहाँ पुगेका हुन् उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ गएका हुन् । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : ४२ बजे