Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्याे



काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : २९ बजे