Logo

मुख्य समाचार

नेपालको राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा बढ्यो : प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् ।

सोमवार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरू, राजनीतिक, वैचारिक वर्ग सङ्घर्षहरू सबैलाई एकै ठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरूको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधीनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? भन्ने लडाइँ कायम रहेको बताए ।

उनले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताए । उनले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको बताए ।

प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ०६ बजे