Logo

मुख्य समाचार

राजावादी–हिन्दुवादीहरुको एउटै मोर्चा बनाउन कमल थापाको आब्हान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनलाई एक बृहत मोर्चा निर्माण गर्दै एकताका लागि आब्हान गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित राप्रपा नेपालको सक्रिय सदस्यता अभियानको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबै राजावादी–हिन्दुवादीहरुलाई एउटै वृहत मोर्चामा आवद्ध हुन आग्रह गरे ।

तर, उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई अहिले एकताको उपयुक्त समय भएको उल्लेख गर्दै आफूहरु एकजुट बन्नुपर्ने बताए । उनले एकजुट हुनका लागि विशेष आग्रह मात्रै गरेनन् राजावादी र हिन्दुवादी शक्तिलाई एकबद्ध गरी राष्ट्रवादी आन्दोलनका लागि मोर्चा निर्माणको पहलकदमी नै राप्रपाले लिनुपर्ने बताए ।

थापाले राजावादी हिन्दुवादी शक्तिलाई गोलबद्ध गर्ने पहल राप्रपाले नगरे त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्ने बताए ।

थापाले मोर्चा निर्माणमा आफूहरुको कुनै स्वार्थ र सर्त नभएको समेत उल्लेख गरे ।

उनले मोर्चा बनाउन आफूहरु असफल भएपनि पार्टीलाई निष्ठा र सिद्धान्तको राजनीतिक नेतृत्व गर्ने पार्टीका रुपमा राप्रपा नेपाललाई अगाडि बढाउने जिकीर गरे ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : २१ बजे