Logo

मुख्य समाचार

‘सहिद दिवस मनाउन नातीनातिना सँगै लिएर आउनु’



काठमाडौं । काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्तर्गत काठमाडौं महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड(मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्र्यापण र स्मरण गरेको छ ।

सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बेलैमा बुझाउन सके मात्रै सहिदको सम्मान हुने बताइन् ।

सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई वि.सं. १९९७ माघ १५ गते सोभा भगवती उकालोमा प्राणद्दण्ड दिइएको स्थानमै सोमबार महानगरले स्मृतिसभा आयोजना गरेर उनीहरुको योगदान र साहसको स्मरण गरी सम्मान गरेको हो ।

सो सभामा महानगर उप–प्रमुख डंगोलले सहिदद्वय श्रेष्ठ र चन्दको सालिकमा माल्र्यापण गर्दै उनीहरुले जनताको स्वतन्त्रता र अधिकार प्राप्तीको लागि गरेको संघर्ष र योगदानको सम्झना गरिन् ।

यस्तै उनले सहिद स्मृति सभामा जेष्ठ नागरिकको बाक्लो उपस्थिति भएको प्रति खुसी प्रकट गर्दै यस्ता स्मृति सभामा साना बालबालिकालाई पनि सामेल गराएर सहिद, राष्ट्र र इतिहासको बारेमा उनीहरुलाई जानकारी दिनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ११ : ५५ बजे