Logo

मुख्य समाचार

संसदीय क्यालेण्डर अनुसार आगामी संसद चल्नुपर्छ : सभामुख



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर अनुसार अघि बढ्न चाहेको भएपनि व्यवहारिक रुपमा सफल हुन नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा संसदीय समितिका सभापतिहरुसँग भएको छलफलमा उनले अब संसदलाई प्रभावकारी तरिकाले अगाडि बढाउन ‘क्यालेण्डर फिक्स’ गर्ने र त्यसअनुसार चल्न वातावरण सिर्जना गर्ने कुरामा अगाडि बढ्नुपर्ने बताए ।

यस्तै, उनले समितिहरुलाई विभिन्न दातृ संस्थाहरुले सहयोग गरेको भन्ने विषय बाहिर आएको भन्दै समितिलाई चाहिएको सहयोग सचिवालयबाट नै लिनु राम्रो हुने बताए ।

संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने पनि उनको भनाई छ ।

त्यसैगरि, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई एउटा कार्यदिशा नयाँ रूपले लिएर जानका लागि क्यालेण्डर बनाएर जाने विषयमा छलफल भएको बताए ।

उनले एउटै विषय विभिन्न समितिले हेर्ने र एकैदिन मन्त्रीहरुलाई तीन÷चारवटा समितिमा बोलाउँदा नभ्याउने गरेकाले त्यस विषयमा पनि छलफल भएको बताए ।

साथै समितिहरुको क्षेत्राधिकार र मुद्दा हेर्ने सवालमा पनि छलफल भएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : १४ बजे