Logo

मुख्य समाचार

संसदीय समितिका सभापतिलाई सभामुखले बोलाए



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले आइतबार विहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् । तर छलफलको विषय भने खुलेको छैन ।

सभामुख घिमिरेले विहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

सांसदहरुका अनुसार सभामुख घिमिरेले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको सन्दर्भमा छलफल गर्न लागेका हुन् । छलफलमा समितिका गतिविधि र कामका विषयमा कुराकानी गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : २२ बजे