Logo

Breaking News 1

अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई


२४ कार्तिक २०८०, शुक्रबार  

92
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रम बयोजना गरी सम्मान पत्र सहित बधाई तथा शुभकामना दिएको हो ।
इप्पानमा आयोजित कार्यक्रममा इप्पान अध्यक्ष गणशे कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनको लागि पोखरेलले अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने विश्वसा व्यक्त गरे ।
पोखरेलले आईएचएमा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको ऊर्जा क्षेत्र र यस क्षेत्रको छाता संगठन इप्पानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने इप्पानको अपेक्षा रहेको उनले सुनाए ।
उपाध्यक्ष पोखरेलले आईएचएको प्लेटफर्म इप्पानका लागि समेत प्रयोग गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जलविद्युत लगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन सक्दो पहल गर्ने बताए । उनले इप्पान र आईएचको सहकार्यमा ऊर्जा क्षेत्रमा काम गर्ने समेत प्रतिवद्धता जनाए ।
आईएचएको साधारणसभामा नेपालको जलविद्युत लगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सहि समय छ भन्ने सन्देश दिएको र नेपालको बारेमा सुन्दा उनीहरु निकै उत्साहित भएको पनि पोखरेलले बताए ।
उनले २०२५ को साधारणसभा युरोपमा हुने र त्यतिबेला नेपालबाट थप व्यक्तिहरु बोर्डमा जानेगरी तयारी गर्न इप्पान पदाधिकारीहरुलाई आग्रह गरे । उनले २०२७ मा हुने साधारण सभा नेपालमा गर्नको लागि अहिले देखि नै लागि पर्ने पनि बताए ।
नेपाल लगानीका लागि राम्रो छ भनेर मात्रै नहुने भन्दै साँच्चै विदेशी लगानीकर्ता ल्याउने हो भने यो यो कारणले नेपाल उत्तृकष्ट छ भनेर जानुपर्ने पोखरेलको धारणा छ ।
आईएचएमा जलविद्युत उत्पादनमा सक्रिए विश्वका १२० देशका जलविद्युत प्रवर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्ट लगायत यस क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरुहरु सदस्य रहन्छन् ।
आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य रहेका छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तान लगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड उपाध्यक्ष हुने पोखरेल एक्ला व्यक्ति हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ४० बजे