Logo

मुख्य समाचार

बेलायतमा हजारौं उडान प्रभावित, ट्राफिक नियन्त्रण प्रणाली ठप्प



लन्डन । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् । यस सम्बन्धमा पुर्व सुचनासमेत जारी गरिएको छ ।

बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले साे सबन्धनमा जानकारी दिदै भनेकाे थियाे, ‘प्राविधिक समस्याको सामना गरिराखेका छौं, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’

समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरुलाई  ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ भनिएको छ ।

रिपोर्टहरुका अनुसार बेलायतको नेसनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ०६ बजे