काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच टेलिफोन वार्ता भएको छ ।
दुई नेताहरुका बिचमा भएको टेलिफोन संवादका क्रममा द्विपक्षीय सहयोगका विषयमा भएको प्रगतिको समीक्षा भएको बताइएको छ ।
संवादका क्रममा रुसी राष्ट्रपति पुटिनले नयाँ दिल्लीमा आगामी सेप्टेम्बरमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिन नसक्ने बताएका छन् । उनले रूसको प्रतिनिधित्व रूसी विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने जानकारी प्रधानमन्त्री मोदीलाई दिएका छन् ।
मोदीले पुटिनको प्रस्तावमा सहमति जनाउँदै भारतको जी–२० अध्यक्षता अन्तर्गत भएका सबै पहलहरूमा रूसको निरन्तर समर्थनको लागि धन्यवाद दिएको जनाइएको छ ।
प्रतिक्रिया