Logo

मुख्य समाचार

ट्रम्पको मगसट बिक्री गरेर उठाइयो ७.१ मिलियन डलर



वासिंगटन डिसी । डोनाल्ड ट्रम्पको चुनावी अभियानले उनको ‘मग सट’ प्रिन्ट गरेर ७।१ मिलियन डलर उठाएको छ । बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग शट’ लिए पछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो ।

पूर्व राष्ट्रपति ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाइ कफी पट, टी–सर्ट, पेय सामाग्री कुलर जस्ता व्यापारिक सामानहरूमा प्रिन्ट गरेर बजारमा लगिएको थियो । प्रहरीले त्यो बेला लिएको मग सटलाइ ट्रम्पका चुनावी अभियानले आर्थिक संकलनको माध्यम बनाएका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ३३ बजे