Logo

विश्व

जिम्बाब्वेका राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित, प्रतिपक्षी भन्छ– धाँदली भयो



लन्डन । जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो पटक आमनिर्वाचनमा विजयी भएका छन् । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति नानगाग्वा शनिबार दोस्रो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित भएका हुन । तर, उनको सत्तारुढ दल जेनयू पीएफले चुनावमा व्यापक धाँधली गरेको आरोप लागेको छ ।

जिम्बाब्वे निर्वाचन आयोगले २०२३ को राष्ट्रपति चुनावको नतिजा घोषणा गरेको छ। ‘महामहिम राष्ट्रपति इमर्सन मननगाग्वाले २३,५०, ७११ भोट ल्याएर विजयी घोषित भए, जसमा ५२.६ प्रतिशत भोट प्राप्त रहेको  छ भने सिटिजन्स कोलिसन फर चेन्ज पार्टीका नेल्सन चामिसाले १९,०६,७३४ मत प्राप्त गरेका छन, जुन ४४ प्रतिशत भोट हुन आउँछ,’ जिम्बाबेको सूचना मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकाल पछि इमर्सन मनानगाग्वाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेल्सन चमिसलाई पराजित गरेर देशको सत्तामा आफ्नो पकड बलियो बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिपक्षले भने धाँदली गरेर चुनाव जितेकाे अाराेप लगाएका छन् ।

जिम्बावेले विगत दुई दशकदेखि विनाशकारी आर्थिक नीतिहरूको सामना गरिरहेको छ। मुलुकमा मुद्रास्फीति, बेरोजगारी, औषधि र चिकित्सा उपकरणको अभाव बढ्दै गएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ३६ बजे