काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन् ।
गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् ।
सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए ।
छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको भन्दै प्रचण्डले उनको उपचारमा कुनै कमी हुन नदिएकाे र हुन सक्ने सबै उपचार पद्धति अपनाइएको बताए ।
श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तकलगायतको सहभागिता थियो ।
प्रतिक्रिया