Logo

ग्यालेरी

साउन सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)



काठमाडौं । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  २ : ३२ बजे