Logo

Breaking News 1

कोशी प्रदेशको बजेट अध्यादेशबाट आउने निश्चित, आजै बजेट प्रस्तुत गरिँदै



काठमाडौं । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट अध्यादेश मार्फत ल्याउने भएको छ । त्यसको लागि बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले अध्यादेश जारी गरिदिएका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका हुन् ।

अध्यादेश प्रमाणीकरण भएसँगै कोशी प्रदेश सरकारले आज दिउँसो बजेट सार्वजनिक गर्ने भएको छ।

आज दिउँसो ४ बजे मुख्यमन्त्रीले अध्यादेश मार्फत ल्याइएको बजेट सार्वजनिक गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ४६ बजे