काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया