Logo

अर्थ

विदेशी मुद्राको विनिमयदर, डलरकाे भाउ १३१ रूपैयाँ नाघ्याे



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ५१ पैसा र बिक्री दर १६४ रूपैयाँ २५ पैसामा काराेबार भइरहेकाे बेला अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३४ पैसामा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसामा किनबेच हुनेछ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा र साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५  पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ०६ बजे