Logo

Breaking News 1

नयाँ अभ्यासतर्फ संसद र सभामुख



काठमाडौं । आइतबार र सोमबार प्रतिनिधिसभाको बैठक नेकपा एमालेले अवरुद्ध गरेसँगै धेरै विषय बहशमा आएका छन् ।

प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको एमालेले सरकारले गरेका कामका बारेमा प्रश्न उठाउनु र जिम्मेवार बनाउनु दायित्व नै हो । तर जुन शैली र व्यवहार एमालेले प्रदर्शन गरेको छ त्यो भने एउटा लामो संसदीय राजनीतिबाट आएको दलका लागि सुहाउँदो नभएको टिप्पणी शुरु भएको छ ।

खासगरी प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला प्रतिक्रिया जनाउने प्रचलन संसदीय परम्परामा छैन । तर एमाले सांसदहरुले भने प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे जानकारी गराएपछि स्पष्टिकरण सोध्ने क्रममा सांसदहरुले सोधको प्रश्नको जवाफ दिने क्रममा बिचबिचमै प्रतिक्रिया जनाएपछि बैठक नै तनावपुर्ण बन्यो ।

त्यही बिचमा सभामुख घिमिरेले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई बोल्नका समय दिए । शर्माले बोल्ने क्रममा संविधानसभाको अध्यक्ष भइसकेको व्यक्ती सुवास नेम्वाङ र संसदीय राजनीतिमा लामो समयदेखि काम गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ ईगित गर्दै प्रधानमन्त्रीले रोष्ट्रमबाट जवाफ दिंदा प्रतिपक्षका सांसदहरुले होहल्ला गर्नु सही भएको छ भन्दै प्रश्न गरे ।

अरुको धारणा पनि संयमतापूवर्क सुन्ने धैर्य राख्न आग्रह गर्दै शर्माले अगाडि भने, ‘हामी सांसदहरुले राख्दै गर्दा, हाम्रो समयको उपयोग गर्ने जति संविधानले अधिकार दिएको छ त्यतिकै यो देशको सम्माननीय प्रधानमन्त्रीले आफ्नो कुरा राख्ने र राख्दै गर्दा संयम र धैर्यपूर्वक सुन्नुपर्ने विषय हामीले आत्मसात् गरौं, आग्रह गर्न चाहन्छु ।’

त्यसपछि भने संसद बैठक लयमा फर्कियो । अनि सरकारले संसदमा पेश गरेको बजेटमाछिको सैद्धान्तिक छलफल शुरु भएको छ ।

सभामुख देवराज घिमिरेलाई बैठक सञ्चालन गर्न हम्मेहम्मे पर्ने अबस्थाका बिचमा प्रधानमन्त्री दाहालले आफ्ना कुरा राखे । तर उनै दाहाल पनि बैठकको बिचबिचमा आवेगमा आउने अबस्था समेत बन्यो । सामान्यत कुनै सांसदले बोलेका बेला नियमापत्ती गर्न पाउने व्यवस्था संसद कार्यसञ्चालन नियमावलीले गरेको छ ।

तर प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला सवाल जवाफ त्यसमा पनि तनावपुर्ण अबस्था आएको भने संसदको अधिवेशनमा पहिलोपटक हो । बैठकमा प्रधानमन्त्रीले बोलेपछि त्यसबारेमा स्पष्किटरण माग्न पाउने व्यवस्था पनि गरिएको छ । तर सभामुख घिमिरेले भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिए । त्यो पनि प्रधानमन्त्री दाहाललाई जवाफ दिनेगरी । संसदमा यसरी छलफल भएको सम्भवतः पहिलोपटक हो ।

त्यसोत प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले समय लिएर बोलेको भने होइनन् । भारत भ्रमणका बारेमा संसदलाई जानकारी नदिएसम्म संसद चल्न नदिने एमालेकै अडानका कारण सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले धारणा राखेका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ३३ बजे