Logo

Breaking News 1

एमाले सचिवालय बैठक बस्दै : केन्द्रिय सदस्यको कार्यविभाजन गरिने


१९ जेष्ठ २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेवाट सुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो । एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।


प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ८ : ०५ बजे