Logo

Breaking News 1

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनवाइ हुँदै



काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै छ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए ।

आममाफी नदिएकाे भए चाैधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने  थियाे । अदालतकाे फैसाला अनुसार थप १४ बर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि साे कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि तिब्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।  नयाँ संविधान जारी हुन अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठजनाको बिभत्स हत्या गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ६ : ५४ बजे