काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

 
                                                                                                 
                    
                







 
                     
                     
                     
                    
प्रतिक्रिया