Logo

Breaking News 1

एमालेबाट थपिँदै चार मन्त्री



काठमाडौं । नेकपा (एमाले)ले थप चार मन्त्री सिफारिस गरेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसहित केही शीर्ष नेताहरूले थप चार मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरि उप्रेती रक्षामन्त्री बन्न लागेका हुन् ।

यसअघि बनेका चारमध्ये विष्णु पौडेलले मात्र उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

यसअघि बनेका मन्त्रीमध्ये राजेन्द्र राईलाई भूमि व्यवस्था, ज्वाला साहलाई कृषि र दामोदर भण्डारीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने निर्णय गरिएको उनले बताए ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ०९ बजे