Logo

अर्थ

नेपाल बैंकले पनि आस्वा शुल्क नलिने



काठमाडौं । नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

योसँगै सी-आस्वा सेवा नि:शुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ३८ बजे