काठमाडौं । दाङमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।
७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।
क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताइन्। लमही नगरपालिका-९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७मा रहेको सिक्टा माविमा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो ।
दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए ।
लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रतिक्रिया