Logo

मुख्य समाचार

श्रम मन्त्री कुँवर र इजरायली राजदूत गोदेरबीच भेटवार्ता, इजरायलले थप एक हजार नेपाली कामदार लैजाने


३० श्रावण २०७९, सोमबार  

1.2k
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय पुगेका थिए । मन्त्री कुँवर र राजदूत गोदेरबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्रै इजरायल सरकारले कृषिका लागि थप १ हजार नेपाली कामदार लैजाने विषयमा टुंगो लगाएको जानकारी गराएका थिए ।

त्यस्तै, उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिएका थिए ।

साथै, उनले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ३२ बजे