काठमाडौं । जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुन: अनुबन्ध गरेको छ ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । २५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन् ।
उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । ‘म निकै खुसी छु, फेरि आरबी लाइपजिगसंग खेल्न’ २६ वर्षीय खेलाडीले भनेका छन् ।
उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए । यस्तै, सन् २०२१ मा च्याम्पियन्स लिग जितेको थियो ।
उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिड ले इच्छा व्यक्त गरेका थिए ।
प्रतिक्रिया