काठमाडौं । धादिङको धुनिबेँशी नगरपालिका-९ सिस्नेखोला सुरुङमार्गको निमार्णाधिन सडकमा पहिरो खसेको छ ।
पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ ।
सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ ।
पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया