Logo

Breaking News 1

नेकपा एसले बोलायो तीन वटा कमिटी बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक बोलाएको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर असार १० गते पोलिटब्यूरो ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको बताएका छन् ।

उनका अनुसार एकीकृत पोलिटब्यूरोको बैठक पार्टी कार्यालयमा र केन्द्रीय कमिटी बैठक कार्की ब्याङ्क्वेटमा हुने छ । करिब १५ सय सदस्य रहेको केन्द्रीय परिषदको बैठक प्रज्ञाभवन कमलादीमा गरिने उनले बताए । पार्टीको तीन वटा कमिटीमा चुनावी समीक्षा र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने तुलाधरले बताए । त्यसमा समसामयिक राजनीतिका समग्र पक्ष समेटिने छ । अध्यक्षको प्रतिवेदनमा मुख्य रुपमा अर्थतन्त्र, एसपीपी, चुनावको निर्मम समीक्षाको पाटो र गठबन्धनभित्रको समीक्षाको कुरा समेटिने छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ३६ बजे