काठमाडौं । बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका-६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन् ।
नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले निकालेका थिए । एक साता अगाडि एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।
बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जिवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए ।
गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ ।
प्रतिक्रिया