Logo

समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु



काठमाडौं । सप्तरीको बोदेबरसाईन नगरपालिका-३ मधुबन टोलमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादव रहेका छन् ।

सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ३९ बजे