Logo

समाचार

झापामा ११ वर्षीया बालिका बलात्कृत



काठमाडौं । झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : १५ बजे