Logo

मुख्य समाचार

नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न प्रजिअको निर्देशन



काठमाडौं । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई छाड्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले पक्राउ परेका फुर्वा लामालाई रिहा गर्न निर्देश दिएका हुन् ।

एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्थाअनुसार प्रजिअ रिजालले रिहा गर्न निर्देशन दिएका हुन् ।

निर्देशन आएसँगै लामालाई रिहा गर्ने तयारी भइरहेको बुझिएको छ । निर्दोष व्यक्तिलाई अनाहकमा फसाइएको भन्दै नायिकाको चर्को विरोध भइरहेको छ । उनको विरोधमा मंगलबार विरोध प्रदर्शन भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : ०० बजे