Logo

मुख्य समाचार

आइजिपी बढुवाविरूद्धको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश गरेको थियो ।

उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले कनिष्ठलाई महानिरीक्षक बनाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १ : ०२ बजे