Logo

Breaking News 1

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

को हुन् रेनु दाहाल ?



काठमाडौं । देशको मध्य भागमा रहेको भरतपुर महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि रेनु दाहाल निर्वाचित भएकी छन्। झट्ट हेर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ ।

२०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा जन्मिएकी दाहालले जनयुद्धको कारण बुवाआमासगै घर छाड्न पर्दा एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाईनन्। युद्धकालिन समयमा बुवा प्रचण्ड र आमा सितासगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी रेनु प्रचण्ड परिबारकी दोस्रो सन्तानका रुपमा जन्मिएकी थिईन्। युद्धकै समयमा प्रवास भारतमै रहदा गुल्मिका अनिल कुमार पाठकसग बिबाह गरेकी दाहालको ६ जनाको परिबार छ। सासु, ससुरा, श्रीमान एवम् एकछोरा र छोरी उनको परिबारमा छन्।

नेपाली,हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नबनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन्। युद्दकालिन समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भुमिका निर्वाहा गरेकी दाहाल हाल माओबादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् ।

दाहाल २०६१ देखि ०६३ सम्म रोल्पाको पार्टी सह इन्चार्ज समेत भएकी थिईन्। शशस्त्र युद्धपछि शान्ति सम्झौता गरेर निर्वाचन मार्फत ठूलो दल बनेर पहिलो पटक माओबादी संसदमा छिर्दा दाहाल २०६४ देखि २०६९ सम्म संबिधानसभा सदस्य रहेकी थिइन्। २०७४ मा माओबादी केन्द्रको पोलिटव्युरो सदस्य रहेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत हुन्। काठमाडौंमा पार्टीको सेक्रेटरी भएर काम गरेकी दाहाल संगठन निर्माणमा अव्वल मानिन्छन् । अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रूपमा प्रवासमा रही संगठन निर्माण गर्दा उनी माओबादी आन्दोलनभित्र र बाहिर निकै चर्चित थिईन्।

देशको बिकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन्। जो संग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै। उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउदै भरतपुर महानगरको मेयर बनेकी थिईन्। गएको पाँच बर्ष भरतपुरको भौतिक र सामाजिक बिकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ को स्थानीय निर्वाचनमा एमालेकै बिजय सुवेदीलाई भारी मतान्तरले पराजित गरि दोस्रोपटक महानगरको कुर्सीमा पुग्न सफल भएकी छन्।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ५९ बजे